काठमाडौं- काठमाडौं महानगरपालिका–११ बंशिघाट बस्ने बाल कृष्ण महर्जनको टहरामा विद्युत सर्ट भई गएराति आगलागी हुँदा सोही टहरामा पसल संचालन गरी बस्ने कंन्चनपुर भिमदत्त नगरपालिका–९ घर भएका २५ वर्षीय रिकु नाथको पसल जलेर करिब ५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–५ बेतानीस्थित सोही गाउँपालिका–५ बसहिया बस्ने बैलास सिंह लगायत ७ जनाले १० बिगाहा खेतमा लगाएको उखुँबारीमा आइतबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित बुटवल मण्डपमा पार्किङ गरी राखेको लु.१ च ४२२१ नम्बरको एम्बुलेन्समा अक्सिजनको सिलिण्डर फेर्ने क्रममा आइतबार दिउँसो आगलागी हुँदा एम्बुलेन्स पूर्णरुपमा जलेर क्षति भएको छ । साथै आगलागीमा जलेर घाइते भएका एम्बुलेन्स चालकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।