आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दोलखामा माओवादी केन्द्रका गंगा कार्की विजयी

सोमबार, मंसिर १९ २०७९

काठमाडौं। दोलखामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे ।

कार्की एमालेका उम्मेदवारसँग ३१८ मतको अन्तरले विजयी भएका हुन् ।

दोलखामा ८१ हजार ९८ मत खसेको थियो ।