दोलखा । दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी बनेका छन् ।
केसीले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराउँदै निर्वाचित भएका हुन् । लामा कांग्रेसका जिल्ला सभापति पनि हुन् भने केसी भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर हुन् ।
केसीले १९ हजार ४१४ मत ल्याएका थिए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए । १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गरेका हुन् ।