आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

स्पेनमाथि सनसनीपूर्ण जित निकाल्दै जापान नकआउट चरणमा

शुक्रबार, मंसिर १६ २०७९

काठमाडौं । जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छन् ।

बिहीबार राति खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेको हो । यद्यपि, स्पेन पराजित बाबजुद पनि आफू अनूकुल नतिजा ननिस्कदा पनि अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।  

जितसँगै समूह ‘ई’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जापान प्रतियोगिताबाट बाहिरिएका छन् । 

एसियाली मुलुक जापानको जितमा रित्सु डोन र एओ टानकाले दोस्रो हाफमा एक एक गोल गरेको थिए । स्पेनका अल्भारो मोराटाले पहिलो हाफमा गोल गरेपनि जिताउन पर्याप्त रहेछ । 

अब, जापानाले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।