बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो

बिहिबार, मंसिर १५ २०७९

काठमाडौं- अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने बढेको छ । नेप्से आज ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव छ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ८२ अंकले बढेर तीन सय ८३ दशमलव ६६ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ४१ वटा कम्म्पनीहरुको २१ हजार एक सय ८६ पटकको कारोबारमा ३८ लाख ६५ हजार नौं सय ६१ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा होटल तथा पर्यटन, निर्जिवन बीमा र लगानी समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ४८ अंकले बढेर १३ सय ७९ दशमलव ७४ अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ४५ अंकले बढेर दुई हजार ३६ दशमलव ५२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १६ दशमलव ५७ अंकले बढेर नौं हजार दुई सय ४६ दशमलव ८४ अंकमा पुग्दा बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नविल बैंक परेको छ ।