विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
कार्की झिनो मतान्तरले विजयी भएका हुन् ।
उनले ३० हजार ४८३ मत ल्याउँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।
दुई बीचको मतान्तर ११२ मात्र रहेको छ ।
निर्वाचन आयोगबाट औपचारिक रुपमा घोषणा हुन भने बाँकी छ ।