स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गुरुङले ३ हजार ९०१ एक मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अर्यालले ३ हजार २४७ मत पाएकी छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय ८९ मतसहित तेस्रो स्थानमा छन्।