काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहिबार रिपो जारी गर्ने भएको छ । सो दिन २० अर्ब रुपैंयाँको रिपो जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
रिपो खरिदका लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् ।
रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही मंसिर २९ गते तोकिएको छ । रिपो खरिदको लागि बिहिबार अपरान्ह दुई बजेसम्म बोलकवोल पेस गर्नुपर्ने छ ।