काठमाडौँ – निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नहुने भएको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिएको छ ।
यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो ।
आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।
उक्त टोलीको अनुगमनपछि पुनः मतदान गर्नु नपर्ने आयोगले ठहर गरेको हो ।