दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौं- अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने पुन घटेको छ । नेप्से आज तीन दशमलव ५१ अंकले घटेर १९ सय ४९ दशमलव ८५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ८५ अंकले घटेर तीन सय ८१ दशमलव ८४ अंकमा पुगेको छ । दुई सय ३८ वटा कम्पनीहरुको १५ हजार छ सय ९१ पटकको कारोबारमा २३ लाख ५५ हजार आठ सय ४५ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम ८४ करोड २६ लाख ९५ हजार तीन सय एक रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा लघुवित्त र ट्रेडिङ्ग समुहको सुचक बढेर बाँकी ११ वटा समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३१ अंकले घटेर १३ सय ६६ दशमलव २६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि दुई दशमलव २९ अंकले घटेर दुई हजार २९ दशमलव सात अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि १७ दशमलव ५४ अंकले घटेर नौं हजार एक सय ३० दशमलव २७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि सात दशमलव ५० अंकले घटेर सात हजार छ सय ६४ दशमलव ५१ अंकमा पुगेको छ । आज बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन लाईफ हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी एकुइटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।