आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकले एक अर्ब ५३ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने

बुधबार, मंसिर १४ २०७९

काठमाडौ- नेपाल राष्ट्र बैकले एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । बुधबार राष्ट्र बैंकले सुचना जारी गर्दै बैंकको बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ पुस एक गतेदेखि २०८० मंसिर ३० गतेसम्म लगानी गर्न लागेको जानकारी दिएको हो । 

लगानीको लागि छुट्याएको कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि एक अर्ब २२ करोड ५३ लाख, बिकास बैंकहरुको लागि २२ करोड ९७ लाख र फाईनान्स कम्पनीहरुको लागि सात करोड ६५ लाख रुपैयाँ रुपैयाँ रहेको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १२ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकको भनाई छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।