बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मृत अवस्थामा फेला

बुधबार, मंसिर १४ २०७९

काठमाडौं-  काठमाडौंको नागर्जुन नगरपालिका–६ नागार्जुन कोटादेवी मन्दिरस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सास्थित कुटि पोखरीमा सोही ठाउँ बस्ने ८० वर्षीय चन्दो कापर मंगलबार मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगपरपालिका–१० कन्काई माईखोलामा कमल गाउँपालिका–४ बस्ने ७४ वर्षीया मनमया राई मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको घोराही उपमहानगरपालिका–१८ जलुके टोल बस्ने ५० वर्षीय भिम बहादुर राना आफ्नै घर नजिकको पानीको कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।