बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, मंसिर १४ २०७९

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका–११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।