आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिकमा एमालेले कटायो २७ लाख, नेकपा एस थ्रेस होल्ड कटाउन संघर्षरत

बुधबार, मंसिर १४ २०७९

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ १,००,४२,५१४ मत गर्दा नेकपा एमालेले २७,००,९०४ मत ल्याउँदै अग्रता कायम राखेको छ ।

जारी मत गणनामा नेपाली काँग्रेसले  २५,५९,०४२ ल्याएको छ भने माओवादी केन्द्रले ११,४५,३९१ ल्याएको छ । 

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीले १०,९८,६४७ मत ल्याउँदै माओवादीलाई पच्छ्याई रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,७१,१६९ जनता समाजवादी पार्टी, नेपालले ३,९६,८३९ र जनमत पार्टीले ३,६०,६६९ मत ल्याएर थ्रेस होल्ड कटाउँदै गर्दा नेकपा एकीकृत समाजवादीले भने २,८२,८८९ ल्याएर थ्रेस होल्ड कटाउन संघर्षरत छ । 

यसैगरि नागरिक उन्मुक्ति पार्टीले २,५०,४३३ पाउँदा लोसपाले जारी मत गणनामा १,४८,६९६ मत ल्याएको छ ।

नेपाल मजदुर किसान पार्टीदृ ७३,६५१ र हाम्रो नेपाली पार्टीले ५३,९७९ पाएका छन् ।