काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ ।
सुनसरी ४ मा मतगणना भइरहेको छ । सुनसरी ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन् । कार्कीले २५ हजार ९ सय ४४ र उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मतसहित पछ्याइ रहेका छन् ।
दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै शुरु भएको छैन ।
अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा एमाले ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एकरएक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भएका छन् ।