बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

उदयपुर १ बाट कांग्रेसका नारायण खड्का निर्वाचित

बुधबार, मंसिर १४ २०७९

उदयपुर । उदयपुर १ बाट नेपाली कांग्रेसका नेता नारायण खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  । परराष्ट्र मन्त्रीसमेत रहेका उनले एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।

खड्काले ०७४ मा पनि मन्जुलाई हराएका थिए ।

१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।