कारोबार रकम ९५ करोड रुपैंयाँमा खुम्चियो
काठमाडौं- अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भनेसामान्य अंकले बढेको छ । नेप्से आज दुई दशमलव ९९ अंकले बढेर १९ सय ५३ दशमलव ३५ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा चढेको छ । दुई सय ३४ वटा कम्पनीहरुको १९ हजार ३६ पटकको कारोबारमा २५ लाख ८९ हजार नौं सय ९७ कित्ता सेयर किनबेच हुंदा आज कुल कारोबार रकम ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा छ वटा समुहले गुमाए पनि सात वटा समुहले भने कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ९७ अंकले घटेर १३ सय ६६ दशमलव ५७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि १४ दशमलव ६० अंकले घटेर सात हजार छ सय ७२ दशमलव एक अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र ट्रेडिङ्ग समुहहरुको सुुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुुचक भने आज २८ दशमलव १५ अंकले बढेर तीन हजार चार सय ९४ दशमलव १३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि १९ दशमलव ५८ अंकले बढेर १६ सय ३७ दशमलव ५७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ८९ अंकले बढेर नौं हजार एक सय ४७ दशमलव ८० अंकमा पुग्दा जलबिद्युत, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई व्यालेन्स फण्ड १ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पनि पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।