आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कोरोना बीमाको दाबी भुक्तानी फेरि सुरु

मंगलबार, मंसिर १३ २०७९

काठमाडौं । कोरोना महामारीका बेला गरिएको कोरोना बीमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।

निर्जीवन बीमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । 

सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब बिनियोजन गरिसकेको छ ।

यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् । हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।