बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समानुपातिकमा एमाले २६ लाख नजिक, जनमत पार्टीले थ्रेस होल्ड कटाउँदा नेकपा एसलाई धौधौ

मंगलबार, मंसिर १३ २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ ।

जारी मत गणनामा एमालेले २५,८६,७३३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४,५३,६३१ मत ल्याउँदै दोस्रो स्थानमा छ ।

यसैगरी माओवादी केन्द्रले ११,०१,७२९ ल्याउँदै तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १०,७१,६०६ मतका साथ पच्छ्याई रहेको छ ।

नेतृत्वमा आएको परिवर्तनसँगै यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि थ्रेसहोल्ड कटाउँदै ५,५२,२१३ मत ल्याइसकेको छ ।

चुनावको मुखमा सत्ताबाट बाहिरिएको जनता समाजवादी पार्टी, नेपालले ३,५८,८२२ मत पाउँदा सत्तागठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई थ्रेसहोल्ट कटाउन धौधौ परेको छ । उसले  २,६४,५३४ पाएको छ ।

यसैगरि सत्ता गठबन्धनमै रहेको महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३८,४०३ मत पाउँदा जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ३,०१,५४४ मत पाएको छ ।