आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कांग्रेस भित्र थपिए अर्का प्रधानमन्त्रीका आकांक्षी

मंगलबार, मंसिर १३ २०७९

बाँके ।नेपाली कांग्रेसमा आगामी सरकारको नेतृत्व लिन प्रधानमन्त्री बन्ने दौडधुप चलिरहेका बेला सहमहामन्त्री किशोर सिंह राठौरले पनि आफू पनि प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् ।

बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहँदा उनले त्यसको काउन्टरमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेपालगञ्जमा सोमबार पत्रकारसँग कुरा गर्दै राठौरले पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागि मत दिएको विर्सन नहुने बताउँदै  प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाव दिए ।

प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।