आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्सेमा देखिएन मौद्रिक नीति समिक्षाको प्रभाव

सोमबार, मंसिर १२ २०७९

सुचक तथा कारोबार रकम दुबै घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको प्रभाव नेप्सेमो उल्टो देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोबार रकम आज सोमबार भने उच्च अंकले घटेको छ । नेप्से आज १५ दशमलव ६१ अंकले घटेर १९ सय ५० दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दशमलव ६३ अंकले घटेर तीन सय ८२ दशमलव ६१ अंकमा पुगेको छ । दुई सय ३६ वटा कम्पनीहरुको २४ हजार नौं सय ५१ पटकको कारोबारमा आज ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर खरिद किनबेच हुंदा आज कारोबार रकम एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार छ सय १३ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक बढेर बाँकी ११ वटा समुुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव शुन्य पाँच अंकले घटेर १३ सय ६७ दशमलव ५५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २५ दशमलव एक अंकले घटेर दुई हजार २८ दशमलव ८६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६४ दशमलव ७२ अंकले घटेर नौं हजार एक सय १६ दशमलव ९१ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुुचक पनि १३ दशमलव दुई अंकले घटेर सात हजार छ सय ८६ दशमलव ६१ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुुचक पनि उच्च अंकले घटेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खप्तड लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओरन्टल होटल परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।