आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सोमबार, मंसिर १२ २०७९

काठमाडौं- बाँकेको राप्तिसोनारी गाउँपालिका–१ चप्परगौरीस्थित सडकमा ग.२१ प ३२४८ र रा.७ प ५५५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा रा.७ प ५५५४ नम्बरको मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका–२ बस्ने २५ वर्षीय सुजित सिङ थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रा.७ प ५५५४ नम्बरको मोटरसाइकलमा सवार १ जना र ग.२१ प ३२४८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका–१० खहरेखोलास्थित सडकमा लु.१ ख ७१८० नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका–३ तरहीस्थित सडकमा स.१ त २१५९ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने ४५ वर्षीय चन्द्र मुखियाको आइतबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।