आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनसरी–१ (२) मा एमालेका विजय राई निर्वाचित

सोमबार, मंसिर १२ २०७९

सुनसरी  । सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई निर्वाचित भएका छन् ।  राईले १२ हजार ४ सय ६५ मत प्राप्त गर्दै विजयी हुँदा राप्रपाका उम्मेदवार अनिश ढकालले ७ हजार ४ सय ८२ मत ल्याउँदै पराजित बने ।

सत्ता गठबन्धनका उम्मेदवार रेवतीरमण राईले भने ४ हजार ९ सय ८८ मत पाए ।

कांग्रेसका बागी उम्मेदवार रोहित सुब्बाले ६ हजार ८ सय ३९ मत पाए भने मेयर हर्क साम्पाङको टिमका स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २ हजार ६ सय ९८ मत पाए ।