आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समानुपातिकमा एमालेको अग्रता कायमै, माओवादी भन्दा रास्वपा अगाडि

सोमबार, मंसिर १२ २०७९

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ। यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन्।

जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । सुरुदेखि नै अग्रता लिइरहेको एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९२ हजार २४२ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रलाई उछिन्दै पुनः राष्ट्रिय स्वतन्त्र पार्टी आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६१ हजार ७५१ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रको पक्षमा १० लाख ५६ हजार २७० मत खसेको छ । अहिलेसम्म ९२ लाख ५७ हजार ८५० मत गणना भएको निर्वाचन आयोगले जनाएको छ ।