आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सुनसरी १ बाट जसपाका अशोककुमार राई निर्वाचित

सोमबार, मंसिर १२ २०७९

 काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेको समर्थन पाएका राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका छन् ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४ पाए भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाए ।