बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

प्रहरीकै मिलेमतोमा ढुंगेलले डाँडो काटे !

मंगलबार, बैशाख ५ २०७४

काठमाडौं, ५ वैशाख ।

सर्वोच्च अदालतको आदेशलाई नव नियुक्त आइजिपी प्रकाश अर्यालले अवज्ञा गरेका छन् । सर्वोच्चले सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गरी अदालतलाई जानकारी दिन आदेश जारी गरेको थियो । 

तर, प्रहरीले उनलाई पक्राउ गर्नुभन्दा स–सम्मान चारभञ्ज्याँङ कटाएर अदालतको आदेशको अवज्ञा गरेका हुन् । ढुंगेल सरकारी नम्वर प्लेट (सेतो) मा चढेर भारत तर्फ लागेको प्रतक्षदर्शिले बताएका छन् । प्रहरीको मिलेमतो विना ढुंगेल यसरी दिनकै उज्यालोमा सरकारी गाडी चढेर चारभञ्ज्याँङ काट्न असम्भव रहेको जानकारहरू बताउँछन् । 

अदालतको सात दिन म्याद बुधबार सकिदैं छ । ढुंगेललाई प्रहरीले भगाइसकेको छ । अब अदालतले दिएको समयसीमाभित्र ढुंगेललाई प्रहरीले पक्राउ गर्न नसक्ने निश्चित छ । तर, अदालतको आदेशको अवज्ञा गरेर मानहानी गरेकामा के जवाफ दिन्छन् आइजिपी अर्यालले सबैको चासोको विाषय बनेको छ । अदालतको मानहानीमा आइजिपी अर्याललाई कारवाही हुन्छ कि हुँदैन ? दिन दहाडै सरकारी गाडीमा चढेर काठमाडौंमा सयर गर्दा पनि पक्राउ गर्न नसक्ने आइजिपीले निर्वाचन स्वच्छ, निष्पक्ष गराउन सुरक्षा दिन्छन् भन्ने कसरी पत्याउने ? भन्ने आम प्रश्न उब्जिएको छ । 
मानहानी मात्र होइन कार्यक्षमताको अभाव प्रमाणित गर्दै अदालतले आइजिपी अर्याललाई पदमुक्त गर्नसक्ने पनि आम आंकलन रहेको छ ।