काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा अप्लाई लोनमा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम रु. पाँच लाख मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् । हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३ दशमलव ५१% मुद्दतीमा १२ दशमलव १३ प्रतिशत रेमिट्यान्स बचत खातामा १० दशमलव १३ प्रतिशत र बचत खाताहरुमा नौं दशमलव १३ प्रतिशतसम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु छन् ।