काठमाडौँ – नेपाल बीमा प्राधिकरणले सात वटा लघुविमा कम्पनीहरुलाई लघुविमा सम्वन्धी कारोबार सञ्चालन गर्न अनुमती दिएको छ । प्राधिकरणले आईतबार सुचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमती दिएको जानकारी दिएको छ ।
यसरी अनुमती पाउनेहरुमा लघुजिवन बीमातर्फ गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी र लिर्वर्टी माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् । यसैगरी निर्जिवन लघुबिमा तर्फ भने ट्रष्ट माईक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी, स्टार माईक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स कम्पनीले कारोबार सञ्चालनको लागि अनुमती पाएका छन् ।
प्राधिकरणले २०७९ भदौ १० गते एक सूचना जारी गर्दै लघुबीमा कम्पनी स्थापना गर्ने सम्बन्धी प्रस्ताव आह्वान गरेको थियो । निर्वाचनअघि नै लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने प्राधिकरणको योजना रहेकोमा निर्वाचन आयोगले स्पष्टिकरण माग गरेपछि लाईसेन्स दिने प्रकृया रोकिएको थियो लाईसेन्स लिनको लागि ३१ वटा कम्पनीहरुले आवेदन दिएको प्राधिकरणले जनाएको छ ।