बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित

आइतबार, मंसिर ११ २०७९

काठमाडौँ – इलाम-१ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल पराजित भएका छन् ।

नेता खनाल नेकपा एमालेका महेश बस्नेतसंग २ हजार ९५७ मतान्तरले पराजित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।