बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित छ जना पक्राउ

आइतबार, मंसिर ११ २०७९

काठमाडौं- झापाको मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी झापाको मेचीनगर नगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका–७ बस्ने २४  वर्षीय मिन बहादुर उप्रेती समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

गोरखाको गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङ समेत दुई जनालाई नियन्त्रित लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखा र प्रहरी चौकी बाह्रकिलोबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।