सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

समानुपातिकमा एमालेले २३ लाख कटायो, अरु कसको कति ?

आइतबार, मंसिर ११ २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले जारी समानुपातिक निर्वाचनमा मतगणनामा अग्रता कायम राखेको छ ।

उसले २३,००,८९६ मतका साथ अग्रता कायम गर्दा नेपाली काँग्रेस २२,०१,७९४ मत पाएको छ । 

यसैगरी माओवादी केन्द्रले ९,६५,३४५ पाउँदै तेस्रो दौडमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९,२१,७६० मत ल्याएको छ । 
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ४,८६,२९७, जनता समाजवादी पार्टी, नेपाल २,८७,४७७ जनमत पार्टी २,२१,४२७ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २,२०,५२८ मत ल्याउँदै थ्रेस होल्ड कटाउने दौडमा छ । 

नागरिक उन्मुक्ति पार्टी १,९८,०७७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,१९,४९३  नेपाल मजदुर किसान पार्टी ६९,९४० पाएका छन् ।

मत गणना जारी छ ।