-दुर्गा चौंलागाँई
लालबन्दी । नेपालभरी रहेका ३२५एच लायन्स क्लबहरुको सेकेण्ड रेगुलर डिस्ट्रिक क्याविनेट मिटिङ सम्पन्न भएको छ ।
लायन्स क्लब अफ लालबन्दी, सिटी, सेन्चुरी र बलयलबासको आयोजनामा स्वच्छ, सुन्दर र समुन्नत सहर लालबन्दीको होटल आर्य हलमा लायन्स क्लब अफ इन्टरनेसनल अन्तर्गतका नेपालभरी रहेका ३२५एच लायन्स क्लबहरुको सेकेण्ड रेगुलर डिस्ट्रिक क्याविनेट मिटिङ सम्पन्न भएको हो ।

हरेक तीन–तीन महिनामा हुने यस क्याविनेट मिटिङमा नेपालका काठमाडौं, भक्तपुर ललितपुर जनकपुर गौर आदि विभिन्न जिल्लाका क्लबका पदाधिकारीको उपस्थिति हुने गर्दछ ।

लाइन्स क्लब इन्टरनेसनल ग्रुप ३२५एचका डिस्ट्रिक गभर्नर दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा संपन्न भएको उक्त कार्यक्रमको प्रमुख उद्धेश्य क्लबका सदस्यहरुलाई र क्लबहरुलाई परिचालित गर्ने, विभिन्न किसिमका सामाजिक कार्यहरु अन्तर्गत समाजमा आवश्यक सरसहयोगका कार्यक्रम गर्न योजना निर्माण गर्ने आदि रहेका छन् ।
साथै क्लबहरुले ब्लड बैंक, स्वास्थ्य शिविर, बाढीपहिरो, आगलागीलगायतका आपतविपतमा परेका नागरिकलाई उद्दार तथा राहतका काम गर्दै आएका छन् ।

डिस्ट्रिक क्याविनेट मिटिङ कार्यक्रममा सहभागी भएका पाहुनाहरुलाई बाजागाजा, झाँकी र नृत्यसहित नगर परिक्रमा गराइएको थियो ।
उक्त कार्यक्रमलाई भब्य र सभ्यताका साथ सम्पन्न गर्न लालबन्दी लायन्स क्लबका पदाधिकारीहरु दिपेन्द्र अधिकारी, साकार शर्मा चौलागाँई, राजकुमार न्यौपाने, गोपाल श्रेष्ठ, सुशिल दाहाल, चिरन्जिवी खतिवडा, रुस्तम मिकरानी, धर्मराज थापा लगायतले महत्वपूर्ण भूमिका निवारण गरेका थिए ।
