सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

दाङ २ मा रेखा शर्मा विजयी, एमाले महासचिव पोखरेल झिनो मतान्तरले पराजित

बिहिबार, मंसिर ८ २०७९

दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा झिनो मतान्तरमा विजयी भएकी छन् ।

उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई  १९२ मतले हराउँदै माओवादीकी  शर्मा विजयी भइन् । 

उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन्  भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । 

जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।