बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्तिम नतिजा नआउँदै कमल थापाद्वारा हार स्वीकार

बिहिबार, मंसिर ८ २०७९

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’  लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गरेका छन् ।

अझैपनि १२ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार गरेका हुन् ।

९१ हजार ५ सय ८३ मत खसेकोमा थापा गठवन्धनकी उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) भन्दा करिब ११ सय मतान्तरले मात्र पछि परेको अवस्थामा थापाको हार स्वीकार भएको स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्

पराजयलाई सहर्ष स्विकार गर्दछु।
हामीलाई मतदिनु हुने सबैमा आभार।
‘सूर्य’ चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले) लाई धन्यवाद।

चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु।

२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।

सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।