सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाले बढाउँदै लगे मतान्तर

बिहिबार, मंसिर ८ २०७९

काभ्रे । काभ्रे क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बाँस्कोटा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईभन्दा १ हजारभन्दा बढी मतान्तरले अगाडि छन् ।

बाँस्कोटाले २२ हजार ४२७ पाउँदा हुमागाईले २१ हजार ३०३ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाइले ६ हजार ३१६ मत ल्याएका छन् ।

प्रदेश सभा १ तर्फ नेकपा एमालेका कुमार खकुरेल १३ हजार २०३ मतका साथ अगाडि छन् । दोस्रोमा एकीकृत समाजवादीका लक्ष्मण लम्सालले १३ हजार १८५ मत ल्याएका छन् ।
प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका कन्चनचन्द्र बादे अगाडि छन् । उनले १५ हजार २२३ मत प्राप्त गर्दा नेकपा एमालेका कुमार थापाले ११ हजार ९७९ मतका साथ पच्छ्याइरहेका छन् ।