काठमाडौँ – प्रतिनिधि सभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख मत कटाएको छ। पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ स्वतन्त्र पार्टीले २ लाख ५३ हजार ५६ मत आएको छ ।
त्यस्तै नेकपा एमालेको ४ लाख ८७ हजार ९ सय ८८ मत आएको छ । कांग्रेसले ४ लाख ५३ हजार ४ सय ५९ र माओवादी केन्द्रले २ लाख १७ हजार ७ सय ९१ मत ल्याएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३३ हजार ९४८, जनता समाजवादी पार्टीले ५६ हजार ४०३, जनमत पार्टीले ३१ हजार ९०६, नेपाल मजदुर किसान पार्टीले ११ हजार ७०३, नेकपा (एकीकृत समाजवादी)ले १० हजार ८४९, नागरिक उन्मुक्ति पार्टीले ४६ हजार ९९६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।