सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रौतहटमा आगलागी हुँदा एकै परिवार तीन बालबालिकाको मृत्यु, तीन जना घाइते

बिहिबार, मंसिर ८ २०७९

रौतहट ।  रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको एक कपडा पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी, ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ । पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ ।

आगलगीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।