काठमाडौँ – भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका महेश बस्नेतलाई पराजित गर्दै विजयी भएका हुन् ।
थापाले २२ हजार ६९७ मत पाएका छन् भने बस्नेतले २२ हजार ६ मत पाएका छन् । यसअघि बस्नेत उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । बस्नेतले कांग्रेसका दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।