झापा । झापा क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा एमालेका एलपी साँवा लिम्बुले निरन्तर अग्रता लिइरहेका छन् ।
सुरुवाति मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालसँग पछि परेका साँवाले अहिले भने ठूलो मतान्तरका साथ अग्रता लिइरहेका छन् ।
उनलाई गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका देउमान थेबेले पच्छ्याइरहेका छन् । साँवा १५०५२ मतका साथ अग्रतामा रहँदा कांग्रेसका थेबे ११६९० मतका साथ पच्छाईरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल जारी मत गणनामा तेसो स्थानमा छन् । उनले ८१०८ पाएका छन् ।
यो क्षेत्रका साँवा निवर्तमान सांसद हुन् ।