बागलुङको बडिगार्ड गाउँपालिका–४ जलजला बस्ने ४६ वर्षीय दिलिप कुमार पुनको अपरिचित पुरूष व्यक्तिले धारिलो हतियार प्रहार गर्दा मंगलबार राति मृत्यु भएको छ ।
बर्दघाट नगरपालिका–४ स्थित खाजा पसलको कोठाभित्र बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा दिलिपको घटनास्थलमै मृत्यु भएको र दिलिपसँग रहेकी ४७ महिला समेत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले महिलालाई उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।