काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ पहिलो जित सिन्धुली २ बाट निकालेको छ ।
सिन्धुली क्षेत्र नम्बर २ मा माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । दाहाल २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् ।
दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत पाएका छन् । गठबन्धनका उम्मेदवार दाहाल यसअघि प्रदेश सभा सदस्य थिए ।