काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ को मत गणना सुरु भएको छ ।
यहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।
केही बेर अघि सर्वदलिय बैठक पछि अहिले झापा ५ अन्तर्गत प्रतिनिधि सभा तर्फको मत गणना सुरु भएको हो ।
मत गणनाको सुरुवात दक्षिण क्षेत्रको मतदान केन्द्र र उत्तर तर्फको मतदान केन्द्रका मतपेटिका मिसाएर थालिएको छ ।
गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज (ख) गौरीगञ्ज मा.वि. गौरीगञ्ज (ख) गौरी आधारभूत विद्यालय, ठेकीटोला (क), गौरी आधारभूत विद्यालय, ठेकीटोला (ख), जनता आधारभूत विद्यालय चिलहरा (क), खजुरगाछी मा.वि., खजुरगाछी (क) र बाणी मा.वि., गोहाबारी (ख) गरी जम्मा ७ वटा मतदान केन्द्रको मतपत्र मिसाएर गणना गर्न सुरु गरिएको छ ।