काठमाडौँ – नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) बैंकको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकको शुक्रबार सम्पन्न वार्षिक साधारण सभाले तीन दशमलव ३६ प्रतिशत बोनस सेयर र सात दशमलव ६३ प्रतिशत नगद लाभांसको वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ११ अर्ब ५१ करोड ४६ लाख ७८ हजार १४ रुपैंयाँ पुगेको छ । गत आर्थिक बर्षमा बैंकको निक्षेप परिचालन २७ दशमलव ७१ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब ५० करोड रुपैंयाँ पुगेको छ ।
त्यसैगरी बैंकले एक खर्ब २४ अर्ब ८७ करोड रुपंयाँ कर्जा प्रवाह गरी २७ दशमलव एक प्रतिशतको बृद्धि हाँसिल गरेको छ । बैंकको सात वटै प्रदेशमा एक सय ५६ वटा शाखा, एक सय ४४ वटा एटिएम र १५ वटा एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।