काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेपछि नागरिकता समस्या समाधान हुने आश्वासन बाँढेका छन् । एमालेको सरकारको बनेको एक महिनाभित्र कानुन बनाएर नागरिकता समस्या समाधान गर्ने आश्वासन बाँढेका हुन् ।
उनले सबै नेपाली नागरिकलाई नागरिकता दिने बताए । गृहजिल्ला झापाको मेचीनगर नगरपालिकास्थित इँटाभट्टामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगरेर गतिलो काम गरेको बताए ।
उनले भने, ‘राष्ट्रमा खतरा पैदा हुन आँट्दा राष्ट्रप्रमुखले गर्ने काम यही हो । राष्ट्रपतिज्यूलाई धेरै धेरै धन्यवाद ।’
जन्मसिद्धका बाबुआमाका सन्तानलाई वंशजको नागरिकता दिइने ओलीले बताए । उनले भने, ‘तर विदेशीलाई नागरिकता दिइँदैन ।’
एमालेले जिते मात्र देश विकास हुने दाबी ओलीले गरे । उनले गठबन्धनले जिते देश बिनाशतर्फ जाने बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘टाँसेको पर्चा’ जस्तो टाल्ने वितिक्कै उक्किहाल्ने आरोप लगाए ।