१३ अंकले बढ्दा ८५ करोड ९४ लाख रुपैंयाँको कारोबार
काठमाडौं, साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । नेप्से आज १३ दशमलव ४० अंकले बढेर १९ सय ११ दशमलव २६ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८६ अंकले बढेर तीन सय ७६ दशमलव ५७ अंकमा पुगेको छ । दुई सय ३२ वटा कम्पनीहरुको १७ हजार सात सय दुई पटकको कारोबारमा २४ लाख ९५ हजार छ सय १२ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम ८५ करोड ९४ लाख ६८ हजार एक सय ५८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव १६ अंकले बढेर १३ सय ४५ दशमलव ६५ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ४२ दशमलव ५८ अंकले बढेर तीन हजार तीन सय ९७ दशमलव ६४ अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि १५ दशमलव ६३ अंकले बढेर १५ सय ५८ दशमलव ६१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ९८ अंकले बढेर १९ सय ६७ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि ८० दशमलव ७३ अंकले बढेर नौ हजार २० दशमलव ३० अंकमा पुग्दा निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिक्लेस हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जनउत्थान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ ।