सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बढ्यो सुनको मूल्य, कति छ आज ?

बुधबार, कार्तिक ३० २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको छ । 

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा किनबेच भएको थियो।