बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

योगेश भट्टराईले मतदातालाई पठाए चिठ्ठी

बुधबार, कार्तिक ३० २०७९

काठमाडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईले मतदाता समक्ष चिठ्ठी पठाएका छन् ।  

पूर्वको हिमाली जिल्ला ताप्लेजुङका मतदातालाई उनले भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन नसकेको भन्दै चिठ्ठी पठाएका हुन् ।

दोस्रोपटक ताप्लेजुङबाट जित निकाल्न प्रयास गरिरहेका भट्टराईले मतदातालाई हुलाकबाट खामबन्दी चिठी पठाएर आफूसहित प्रदेशसभाका दुई उम्मेदवारका लागि मत मागेका हुन् ।

एमाले युवा नेता योगेश केही महिनादेखि गृहजिल्ला ताप्लेजुङमा छन् । दिनहुँजसो उनी भोट माग्दै मतदाताका घरघरमा र सभा सम्मेलनमा हुन्छन् ।

राष्ट्रियस्तरको नेता योगेशले अघिल्लो चुनावमा आफूलाई भारी मतले विजयी गराउने ताप्लेजुङवासीलाई बाँकी रहेका आफ्ना जिल्ला विकासका योजना पूरा गर्न यस पटक पनि जिताउन अनुरोध गर्दै पत्र लेखेका छन् ।

प्रष्टवक्ता र पार्टीमा भविष्य बनाएका नेता भट्टराई जिल्लाको समग्र विकास, जिल्लावासीको खुशी तथा लोकतान्त्रिक प्रणालीलाई सुद्धढ गर्दै नेपाल राष्ट्रलाई समृद्धिको दिशामा डोहोर्याउनु आफ्नो जिम्मेवारी भएको बताउँछन् ।

योगेश पर्यटनमन्त्री भएका बेला जिल्लाका पर्यटकीय क्षेत्र तिम्बुङपोखरीद, फुङफुङदेन झरना, मिल्के जलजले, पाथीभरालाई देशको सय गन्तव्य सूचीमा सूचीकृत गरी पूर्वाधार निर्माणका लागि करोडौं रकम विनियोजन गराएका थिए ।

त्यस्तै ओलाङचुङगोलामा रहेको नेपालको पुरानो डिकीछोलिङ गुम्बालगायत जिल्लाका २९ वटा गुम्बालाई रकम विनियोजन गराएको विषयलाई पनि एमालेले अहिले मतदातासमक्ष लगेको छ । ताप्लेजुङ सुकेटार विमानस्थलको विस्तार, स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खेल मैदान, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा पाथीभरा क्षेत्रमा वृहत् खानेपानी आयोजनामा उल्लेख्य बजेट विनियोजनमा उनको भूमिका थियो ।

जिल्ला भित्रका सबै वर्ग, धर्म, जातजाती र जनजातीका संस्कृति, रितिरिवाज, परम्परा र पहिचानको संरक्षण, सम्मद्र्धन गर्दै सामाजिक एकतामा आधारित बलियो राष्ट्र निर्माण गर्नु आफ्नो कर्तव्य ठान्छन् । यी लगायतका आफ्ना कुराहरु राखेर अहिले आफूले भेट्न नपाएका मतादातासँग अपील गरेर चिठ्ठी पठाएको उनले बताए ।

तपाइँको लागि पत्र भन्दै लेखेका छन्– भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौं । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौ‌ है । अनुकुल समयमा भेट हुने नै छ ।

ty.JPG