काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरी र मोरङ एवं भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले दिउँसो सुनसरीको दुहबी र लौकहीमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नेछन् भने साँझ विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओली आजै विराटनगरको अन्तर्क्रियापछि झापा जाने कार्यक्रम छ । उनले भोलि झापाका दुई चुनावी सभालाई सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नं १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नं ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि अब भोलि एकदिनमात्र बाँकी छ ।