काठमाडौं, कात्र्तिक २९नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन २१ अंकले बढेर ९४ करोड रुपैंयाँको कारोबार भएकोमा आज मंगलबार भने नेप्से छ दशमलव ५९ अंकले घटेर १८ सय ९७ दशमलव ८६ अंकमा झरेको छ भने सेन्सिटिभ पनि एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरुको २२ हजार सात सय ७१ पटकको कारोबारमा २७ लाख ४५ हजार एक सय नौं कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब दुई करोड ३६ लाख नौं हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुंदा तीन वटा समुहको सुचक बढेको छ भने १० वटा समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव १० अंकले बढेर १३ सय ३७ दशमलव ४९ अंकमा पुगेको छ भने निर्जिवन बीमा र ट्रेडिङ्ग समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने ४४ दशमलव ९७ अंकले घटेर तीन हजार तीन सय ५५ दशमलव पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १८ दशमलव नौं अंकले घटेर १९ सय ४५ दशमलव ५८ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड १ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा तारागाउँ रिजेन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी नेपाल लिमिटेड परेको छ ।