सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मंसिर २ देखि ४ गतेसम्म देशभरका विद्यालयमा बिदा दिन आयोगको सिफारिस

मंगलबार, कार्तिक २९ २०७९

काठमाडौँ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तीन दिन विद्यालयमा बिदा गर्न सिफारिस गरेको छ ।

मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदानस्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले बिदाका लागि सिफारिस गरिएकाे आयोगले जनाएकाे छ । 

आयोगले निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि सिफारिस गरेको छ । आयोगले बिदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषदले निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुने आयोगले जनाएकाे छ ।